कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ३ खेल हुँदै

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ३ खेल हुँदै

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार ३ खेल हुँदै छन्।

शनिबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समा नेपाल पुलिस र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

अहिलेसम्म नेपाल पुलिस क्लबले ९ खेलबाट १० अंक जोडेको छ भने सातदोबाटोले समान खेलबाट १२ अंक हात पारेको छ। 

सोही समयमा दशरथ रंगशालामा मछिन्द्र र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगको शीर्षस्थानमा रहेको मछिन्द्रले ९ खेलबाट २३ अंक जोडेको छ। लिगको पुछारमा रहेको च्यासलले भने ९ खेलबाट ५ अंक हात पारेको छ। 

त्यस्तै पौने ५ बजे दशरथ रंगशालामा नै मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

मनाङले ९ खेलबाट १९ अंक जोडेको छ भने थ्री स्टारले समान खेलबाट १६ अंक हात पारेको छ।