साइप्रसले माग्यो नेपाली पुरुष र महिला कामदार के छन् सुविधा ?

साइप्रसले माग्यो नेपाली पुरुष र महिला कामदार के छन् सुविधा ?

साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । employment and travel ltd कम्पनीले १७ जना नेपाली पुरुष र ३ जना महिला गरि जम्मा २० जना कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४२ हजार माथिदेखि ५८ हजार बढि पाउनेछ । इच्छुक कामदारले गौतम इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रालिको कार्यालय तिनकुने काठमाडौंमा फागुन ६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।