नेपाल ओमानलाई ६ विकेटले पराजित गरेर आत्माविश्वासी बन्दै आज युएईसँग भिड्दै

नेपाल ओमानलाई ६ विकेटले पराजित गरेर आत्माविश्वासी बन्दै आज युएईसँग भिड्दै

चारदेशीय टी-२० ऋंखला अन्तर्गत दोस्रो खेलमा नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेर आत्माविश्वासी बनेको नेपाल लगातार दोस्रो खेलमा जितको खोजिमा हुने छ।

अल अमरेट क्रिकेट मैदानमा बिहान ११:४५ मा हुने नेपाल र युएईबीचको खेल सुरु हुँदै छ। नेपाल युएईलाई हराउँदै सिरिजमा आफ्नो रवाफ प्रस्तुत गर्ने प्रयासमा हुने छ।

युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एक हार व्यहोरेको छ। नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ। आईसीसी पुरुष टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाल अस्ट्रेलिया विश्वकप छनोट हुने विश्वासमा रहेको छ।

ग्लोबल छनोट 'ए' मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। आठ टीमलाई पनि दुई समुहमा विभाजन गरिएको स्पर्धामा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्ने छ।

दुबै समुहका शिर्ष २-२ टीमले सेमिफाइनल खेल्ने छन्। फाइनलमा पुग्ने दुई टीम विश्वकपमा छनोट हुने छन्। टी-२० विश्वकप यसै वर्ष अष्ट्रेलियामा १६ अक्टोबर देखी १३ नोभेम्बर सम्म हुने छ।