माग भन्दा ४०.५८ गुणा बढी आवेदकले इमर्जिङ नेपालको आईपीओमा दिए आवेदन

माग भन्दा ४०.५८ गुणा बढी आवेदकले इमर्जिङ नेपालको आईपीओमा दिए आवेदन

इमर्जिङ नेपालले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा १८ लाख २ हजार १ सय ८२ जना आवेदकले २ करोड ९ लाख ६९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ४०.५८ गुणा बढीको आवेदन हो । 

सिडिएसका अनुसार शुक्रबार सवा ५ बजेसम्ममा उक्त आवेदन परेको हो । कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गरेको छ । 

सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।