जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते

जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते

दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।

भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।