सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता, एमसीसी र चुनावबारे छलफल

सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता, एमसीसी र चुनावबारे छलफल

सत्ता साझेदार दलका तीन नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक एमसीसी, स्थानीय निकायको निर्वाचन, चुनावी गठबन्धनलगायत विषयमा केन्द्रीत हुने बताइएको छ ।