नेपाललाई युएईले दियो १९३ रनको लक्ष्य

नेपाललाई युएईले दियो १९३ रनको लक्ष्य

युएईले नेपाललाई जितका लागि १ सय ९३ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको युएईले ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको हो। 

ओमानको राजधानी मस्कटमा जारी खेलमा युएईका लागि चिराग सुरी र रोहन मुस्ताफाको उत्कृष्ठ प्रदर्शन गरेका थिए। सुरी ८४ रन बनाएर अविजित रहे । उनले ५३ बलमा  ५ चैका र ५ छक्का प्रहार गरे।

अविजित रहेका मोहम्मद बुटाले ८ बलमा १४ रन बनाए। मुस्ताफाले ३५ बलमा ४९ रन बनाएका थिए। नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए ।