चारदेशीय ट्वान्टी-२० शृंखला : यूएईसँग नेपाल २५ रनले पराजित

चारदेशीय ट्वान्टी-२० शृंखला : यूएईसँग नेपाल २५ रनले पराजित

नेपाल युएईसँग पराजित भएको छ। ओमान भइरहेको चारदेशीय ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल २५ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। युएईले ३ विकेटको क्षतिमा उक्त रन बनाएको थियो।

जितको लक्ष्यसहित मैदान उत्रिएको नेपाल निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर १६७ रनमात्र बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए। त्यसबाहेक ओपनर ज्ञानेन्द्र मल्लले २२, आशिफ शेखले ३४, आरिफ शेखले ११, लोकेश बमले ३३ र शरद भेषवाकरले अविजित १० रन बनाए।

युएईलाई जिताउन काशिफ दाउड र रोहन मुस्ताफाले दुई दुई विकेट लिए भने जुनेद सिद्धिकीले एक विकेट लिए। त्यसअघि युएका चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रनको योगदान गरेका थिए। नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो। नेपालले अर्को खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ।