सेती प्रयोगशालामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४६ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा १६ जना संक्रमित विरामी उपचाररत छन् । तीमध्ये ४ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।