नेपालमा ८३६ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

नेपालमा ८३६ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ८३६ जनाको नतिजा पोजिटिभ आएको हो ।

चार हजार २६० नमुनाको पीसीआर परीक्षण गर्दा ४९१ र दुई हजार ३९४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ८२६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ ।