कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।

नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गर्नु भएको हो ।त्यस क्रममा मन्त्री यादवले वन्यजन्तुका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख वासस्थानका रूपमा रहेकोले निकुञ्ज र आसपासका वन क्षेत्रको संरक्षणमा जोड दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले स्वचालित क्यामेराबाट बाघ गणना गरिने जानकारी दिए । २१ दिनसम्म बाघ गणना कार्य गरिने बताइएको छ ।