नेपाल परिवार दलद्धारा धनगढी उपमहानगर-१६ का स्थानीयलाई न्यानो लुगा वितरण

नेपाल परिवार दलद्धारा धनगढी उपमहानगर-१६ का स्थानीयलाई न्यानो लुगा वितरण

धनगढी । चुजी फाउन्डेसनको सहयोगमा नेपाल परिवार दलले धनगढीमा न्यानो लुगा वितरण गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर १६ का जेष्ठ नागरिक, असाहाय र एकल महिलालाई चिसो बाट बच्न न्यानो लुगा वितरण गरिएको हो ।

नेपाल परिवार दलका युवा नेता खडक नागरीका अनुसार आज उक्त वडाका जेष्ठ नागरिक, असाहाय र एकल महिलालाई करिब २५ पिस न्यानो लुगा (ब्लाङ्केट) वितरण गरिएको हो ।

थारु समुदायका भलमन्सा सन्तराम चौधरी, नेपाल परिवार दल की सदस्य अंकिता शाह, मारवाणी समाजका समाजसेवी मदन लाल किसन बिक, परिवार दलका युवा नेता अरुण नागरीको उपस्तिीमा न्यानो लुगा वितरण गरिएको पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले जानकारी दिए ।

उनीहरुले अहिलेसम्म स्थानीय सरकारले कुनै सहयोग नगरेको दुखेसो पोखेका छन् । परिवार दलले सहयोग गरेकोले आगामी निवार्चनमा परिवार दललाई नै सहयोग गर्ने स्थानीयहरुले बचन दिएका छन् ।

No description available.No description available.