नेपाल बारले फेरि भोलिबाट सर्वोच्च परिसरमा प्रदर्शन गर्ने

नेपाल बारले फेरि भोलिबाट सर्वोच्च परिसरमा प्रदर्शन गर्ने

नेपाल बार एशोसिएसनले न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

आइतवारबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलनको कार्यक्रम शुरू हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले बताए । 

बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेर करीब साढे ३ महिना यता आन्दोलन गर्दै आएको छ । 

यसबीचमा कोरोना संक्रमण बढेको कारण अदालतको सेवामा समेत संकुचन आएको र सरकारले पनि विभिन्न मापदण्ड जारी  गरेको हुँदा आन्दोलनलाई भर्चुअल रुपमा केन्द्रित गरिएको पौडेलले बताए । 

पौडेलले विज्ञप्ति जारी गरेर आइतवारबाट भौतिक रुपमा शुरू हुने आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीहरूलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।