कैलारी गाउँपालिकाका जेष्ठ नागरिकलाई सिरक वितरण

कैलारी गाउँपालिकाका जेष्ठ नागरिकलाई सिरक वितरण

धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ६ का ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ । शनिवार सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको आयोजनामा कैलारी गाउँपालिका ६ का ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाको पहलमा माण्डवी संस्थाको आर्थिक सहयोगमा प्रत्येक ज्येष्ठ नागरिकलाई एकका दरले ३ सय सिरक वितरण गरेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका संयोजक तपेन्द्र भुुषालले जानकारी दिए ।

सो कार्यक्रममा पुगेकी माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले आफ्नो संस्थाले मदेस प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेको भए पनि नेपाली काँग्रेसकी नेतृ डा आरजुले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गर्न आग्रह गरेपछि यहाँ वितरण गरिएको बताइन् ।

उनले पुुष महिनामै वितरण गर्ने योजना रहे पनि कोभिडका कारण ढिलाइ भएको बताइन । वडा अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता आशाराम चौधरी, रामसमझ चौधरी, जीवन राना, डण्डी सुबेदी, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायतले ज्येष्ठ नागरिकलाई सिरक हस्तान्तरण गरेका थिए ।

No description available.