प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु कुहिरो रहेको छ ।
दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
देशको तराई भूभागका केही स्थानमा हुसुरकुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।