बालुवा निकाल्ने क्रममा महाकाली नदीमा फसेकी महिलाको उद्धार

बालुवा निकाल्ने क्रममा महाकाली नदीमा फसेकी महिलाको उद्धार

दार्चुला । महाकाली नदीमा फसेकी एक महिलाको उद्धार गरिएको छ । बालुवा निकाल्ने क्रममा एक्कासी पानीको सतह बढ्दा नदीमा फसेकी महिलालाई प्रहरीको टोलीले उद्धार  गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माका अनुसार महाकाली नगरपालिका–५ की २४ वर्षिया लिला ओडलाई उद्धार गरिएको हो । ओड बिहानै महाकाली नगरपालिका–५ गल्फै क्षेत्रको नदी किनारमा बालुवा निकाल्न गएकी थिइन् ।

‘नदीमा पानीको बहाव एकाएक बढेर उनी बीचमा फसेकी थिइन्, स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी टोली गएर उनलाई सकुशल उद्धार गरिएको हो,’ सूचना अधिकारी विश्वकर्माले भने । ओडको उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको तथा अवस्था सामान्य रहेको बताइएको छ ।