दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चितवनको राप्ती नगरपालिका–६, हर्दी चोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

टाँडीबाट भन्डारातर्फ जाँदै गरेको ना६०प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना९प ९६६२ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब ७ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलका चालकलाई उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा पठाइएको थियो ।

उपचारका क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–७ का ४५ वर्षीय कमल चौधरीको राति ९ बजे मृत्यु भएको हो ।

अर्का मोटरसाइकल चालक राप्ती नगरपालिका–६ का २९ वर्षीय सन्तोष भण्डारीको अवस्था भने मध्यम रहेको अस्पतालले जनाएको छ । भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डारीले जानकारी दिएको छ ।