एकीकृत समाजवादी खारेजी माग गर्दै दायर गरेको मुद्दाको सुनुवाइ हुँदै

एकीकृत समाजवादी खारेजी माग गर्दै दायर गरेको मुद्दाको सुनुवाइ हुँदै

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी  पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् । उनले गत १७ भदौमा रिट दायर गरेका हुन् ।

९ भदौमा निर्वाचन आयोगले नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुगेका हुन् । उनले रिटमार्फत् एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गरेका छन् । एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उनको माग छ । रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ ।