कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ ।

भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग बारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

आइतबार गठबन्धनमा रहेका दलका ९८ जना सांसदहरुले जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।