आयरल्यान्ड १२७ रनमा अलआउट, दीपेन्द्रले लिए ४ विकेट !

आयरल्यान्ड १२७ रनमा अलआउट, दीपेन्द्रले  लिए ४ विकेट !

चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनकाे लक्ष्य दिएकाे छ ।

अल अमिरातमा टस हारेर ब्याटिङगरेकाे आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायाे । आयरल्यान्डका लागि जर्ज डाेकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बाेहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । 

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।