एमसीसीबारे कार्यसूची बनाएर छलफल गर्न भीम रावलको माग

एमसीसीबारे कार्यसूची बनाएर छलफल गर्न भीम रावलको माग

नेकपा एमालेका नेता भीम रावलले एमसीसी आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनेकाले पार्टीभित्र कार्यसूची बनाएर छलफल गर्न माग गरेका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा नेता रावलले यस्तो गम्भीर र संवेदनशील विषयमा नेकपा एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।