सोमबार सुदूरपश्चिममा थपिए ४५ जना कोरोना संक्रमित, एकको मृत्यु

सोमबार सुदूरपश्चिममा थपिए ४५ जना कोरोना संक्रमित, एकको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १०७ नमुना परीक्षण गर्दा थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

निर्देशनालयका अनुसार ९९८ जनाको एन्टिजेन गर्दा ३५ जना र १०९ जनाको पीसीआर परीक्षण गर्दा १० जना गरी ४५ जनामा संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि भएकामध्ये ५ जना आज नै भारतबाट फर्केका नागरिक हुन् । आज सुदूरपश्चिमका नाका भएर ८७० जना स्वदेश फर्केका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।