गड्डाचौकी नाका सोमबार साँझदेखि खुला

गड्डाचौकी नाका सोमबार साँझदेखि खुला

कञ्चनपुर । भारतको लोकसभाको निर्वाचनका लागि बन्द गरिएको नाका सोमबार साँझदेखि खुला गरिएको छ । निर्वाचन सकिएसँगै साँझ ६ बजेपछि नाका खुला गरिएको हो । 

नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । सोही नाका हुँदै रोजगारीदेखि किनमेल आदिका लागि सीमावर्ती बजारसम्म आउजाउ गर्ने गरिएको छ ।

भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।