नेपालको पासपोर्ट विश्वकै कम्जोर,१ सय ५औ स्थानमा

नेपालको पासपोर्ट विश्वकै कम्जोर,१ सय ५औ स्थानमा

पासपोर्ट वरियता जारी गर्ने हेनली एन्ड पार्टनर्सले २०२२ का लागि सूची जारी गरेको छ । विभिन्न राष्ट्रले दिएको प्रवेशको सुविधा र अनअराइभल भिसा अनि भिसा लिएर जानुपर्ने राष्ट्रका आधारमा गरिएको मूल्यांकनमा आर्टन पार्टनर्सले सूचि प्रकाशित गरेको हो ।

पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको छ । यो सूचीमा नेपालको पासपोर्ट १ सय ५ स्थानमा रहेको छ ।

नेपालको पासपोर्ट बंगलादेश, कोसोभो, लिबिया तथा उत्तर कोरियाभन्दा पनि कमजोर रहेको बुधबार जारी गरिएको बरियता सूचीमा उल्लेख छ । नेपाली पासपोर्ट बाहकले बिना भिसा ३७ देशको भ्रमण गर्न सक्छन् ।

हेनलीको पासपोर्ट सूचीमा २०२२ का लागि पनि जापान र सिंगापुरको पासपोर्ट पुनः शीर्ष स्थानमा परेका छन् । यी दुई देशका नागरिक भिषाविना १ सय ९२ देशमा भ्रमण गर्न सक्छन् ।

वरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७औं स्थानमा छन् । पाकिस्तानी पासपोर्ट १०८औं स्थानमा छ । पाकिस्तानी नागरिक बिना भिषा केवल ३१ देशको मात्रै भ्रमण गर्न सक्छन् । पाकिस्तानपछि सिरिया १०९, इराक ११० र अफगानिस्तान १११ स्थानमा रहेका छन् ।