एमालेका सांसद भीम रावलले मागे पर्यटनमन्त्री आलेको राजिनामा

एमालेका सांसद भीम रावलले मागे पर्यटनमन्त्री आलेको राजिनामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् ।

मन्त्री आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिएपछि विवादमा मुछिएका हुन्। उनको यो अभिव्यक्तिपछि चोतर्फी आलोचना भएको छ ।

एमाले नेता भीम रावलले मन्त्री आलेको प्रसङ्गलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र सोही पार्टीका अध्यक्ष माधव नेपाललाई ध्यानाकर्षण समेत गरेका छन्।

सामाजिक सञ्जालमा लेखेका छन्,‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ, ‘ रावलले लेखेका छन्, ‘हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’