एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीको बैठक बोलाएको छ ।

फागुन ७ गते बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता, संसदमा दर्ता भएको प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन, संगठन विस्तार र समसायिक राजनीतिक विषयमा छलफल र निर्णय हुने खतिवडाले बताए । 

एकीकृत समाजवादीले एमसीसीको विरोध गर्दै आएको छ । आगामी स्थायी कमिटीको बैठकबाट  निर्वाचन सम्बन्धी रणनीति तय गर्ने बताइएको छ ।