नेपाली कांग्रेसको संसदीय दलले भोली एमसीसी संसदमा पेश गर्ने

नेपाली कांग्रेसको संसदीय दलले भोली एमसीसी संसदमा पेश गर्ने

सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसदमा  पेश गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले एमसीसी संसमा पेश गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिको प्रतिनिधिसभा बैठकमा परियोजना पेश गर्ने जानकारी गराएका थिए ।


आजको बैठकले एमसीसी परियोजना पेश  गर्ने निर्णय गर्‍यो । एमाले र माओवादी यसको पक्षमा छन् भन्ने बैठकको विश्वास छ,” उनले भने, “प्रधानमन्त्री भोलि परियोजना पेश  हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।”