एमसीसी विरोधमा नेपाल बन्दको घोषणा संगै कैलालीमा सुरक्षा व्यवस्था कडा

रमा चन्द    

एमसीसी विरोधमा नेपाल बन्दको घोषणा संगै कैलालीमा सुरक्षा व्यवस्था कडा

धनगढी / एमसीसी विरोधमा नेपाल बन्दको घोषणा संगै कैलालीमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

कैलालीको शान्ती सुरक्षालाई मध्येनजर गदै धनगढी चौराह लगायत विभिन्न स्थानहरुमा नेपाल प्रहरी,सशत्र प्रहरी र जिल्ला ट्राफिक प्रहरी लगायतका टोली खटिएका छन् ।

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच वामपन्थी पार्टीहरुले आज फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा माओवादी केन्द्र लगायतलेआज नेपाल बन्द गरेका छन्।

एमसीसी आज संसदमा टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेका हुन्।



बुधबार ०४, फागुन २०७८ ०८:१४ मा प्रकाशित

#कैलाली #सुरक्षा व्यवस्था
Loading...

प्रतिकृया दिनुहोस