कैलालीको राजमार्गमा बम जस्तो शंकास्पद वस्तु फेला

कैलालीको राजमार्गमा बम जस्तो शंकास्पद वस्तु फेला

धनगढी । कैलालीमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

‘प्रेसर कुकरमा टेप बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले भने ।

लम्की–चिसापानी सडकखण्डमा शंकास्पद बस्तु फेला परे पछि नेपाली सेनाको टोली त्यसतर्फ हिँडेको उनले बताए । अमेरिकी एमसीसीको विरोधमा बुधबार आह्वान गरिएको नेपाल बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ ।

एमसीसीको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टीले घोषणा गरेको नेपाल बन्दका कारण बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।