अज्ञात समूहद्धारा बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी

अज्ञात समूहद्धारा बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी

गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ। 

मुसिकोट नगरपालिका ४ बडागाउँस्थित बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको हो। लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात समूहले आगजनी गरेको चालक शंकर बगालेले जानकारी दिए। 

एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा बडागाउँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको थियो। मुसिकोट ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको र अगाडीको केहि भाग जलेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बगालेले जानकारी दिए। 

बामी प्रहरीचौकी इन्चार्ज सई जनक थापाले घटनाको सूचना रातीनै प्राप्त भएपनि अब केहीबेरमा घटनास्थल पुगेर अनुसन्धान गर्ने बताए।