महिलाहरुले यौन सम्पर्कका वेला कस्ताे चाहाना राख्ने गर्छन ?

महिलाहरुले यौन सम्पर्कका वेला कस्ताे चाहाना राख्ने गर्छन ?

यौन प्रक्रिया मानव जिवनको अभिन्न पाटो हो। यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण पनि हो । यौन सम्बन्धका बेला महिला वा पुरुष दुवैको मनमा विभिन्न खाले कौतुहलता वा चाहाना हुन्छन।

यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । ति अध्ययनहरुले महिलाहरुले यौन सम्पर्कका वेला यस्ता चाहाना राख्ने गरेको पाईएको छ।

यौन सम्वन्धमा ध्यान, पाक क्रिडामा महत्व
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै केन्द्रित गरोस भन्ने चाहन्छन् । महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको मायाँ बढी अनुभव हुने बताउने गरेका छन्। आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मनपर्ने अध्यनको निष्कर्ष छ ।

यसैगरी, महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने चाहाना राख्छन्।

उपयुक्त वातावरण, विस्तारै गरेको राम्रो
अधिकांश महिलाले यौन सम्पर्कका वेला उपयुक्त मौषम वा वातावरण खोज्छने। चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने अध्ययनले देखाएको छ। त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

आसनको भूमिका
यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । अध्ययनमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २÷३ वटा सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकांश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिका
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्सका अनुसार यौन सम्पर्कमा महिलाले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको मन पराउने गरेका छन् । पुरुषले मुखको प्रयोग गर्दा महिलामा चरम उत्तेजना आउने गरेको अध्ययनबाट पत्ता लागेको छ।

महिलाको सन्तुष्टिमा ध्यान
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नहुँदै पुरुष स्खलित हुन्छन् । अध्ययनका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

संवेदनशील अंगको पहिचान
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । अनुसन्धानका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने नस्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । नस्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

निद्रा वा थकानमा यौनमा अनिच्छा
पुरुषहरु अधिकांश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।

मादक पदार्थ सेवन गर्ने चाहना, सकिएपछि भोक
यौन सम्पर्कपछि केही महिलालाई मादक पदार्थ सेवन गर्ने मन पनि हुन्छ । तर, त्यसले गर्ने असर र प्रभावका विषयमा भने उनीहरुले चासो राखेको पाईदैन। यसैगरी यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण यौन सम्पर्कपछि भोक लागेको महशुस हुने गरेको पनि पत्ता लागेको छ। 

समय महत्व, सकारात्मक सोच
महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाईप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् । यदि यौन सम्पर्कका क्रममा तपाईले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।

यौन सम्पर्क एक काम/सम्पर्क गरेको विश्वास नहुने
कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् । तर, कुनै महिलालाई भने आफूले कसैसँग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भईरहेको छ।

दोस्रो पटकको चाहाना
कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यति धेरै सन्तुष्ट हुन्छिन कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।