जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा प्रहरी निरीक्षक वकिल सिंह आएसंगै धमाधम नक्कली परीक्षार्थी पक्राउ

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा प्रहरी निरीक्षक वकिल सिंह आएसंगै धमाधम नक्कली परीक्षार्थी पक्राउ

धनगढी / धनगढीको फाप्ला ट्रायल सेन्टरमा मोटरसाइकल चालक अनुमति पत्रको लागि  अर्काको ट्रायल दिन आएकी एक जना नक्कली परीक्षार्थी महिला पक्राउ परेकी छन् ।

बुधबार  बिहान धनगढीको फाप्ला ट्रायल सेन्टरमा मोटरसाइकल चालक अनुमति पत्रको लागि ट्रायल दिन आएकी उनलाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा पहरी निरीक्षक वकिल सिंहले  जानकारी दिए ।

पक्राउ पर्ने गौरीगंगा नगरपालिका ५ मुसुरिया कैलालीकी उमा साप्कोटा हुन् । उनी अष्ट्रेलियामा रहेकी आफ्नी भाईबुहारी पुनम अधिकारीको नागरिकता लिएर पुनमको नामबाट ट्रायल दिन आएकी थिईन् ।यस अगाडी पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परिसकेका छन् । 

उनीमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक रबिन बिष्टले जानकारी दिए ।