राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।

बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।

बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।