जस्ताको त्यस्तै एमसीसी पारित गरे सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

जस्ताको त्यस्तै एमसीसी पारित गरे सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले जस्ताको त्यस्तै एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्।
उनले जस्ताको त्यस्तै एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे।

बुधबार १ बजे बस्ने संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।