विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

केन्द्रले विद्यालय समयमा लोकसेवा आयोग, शिक्षक सेवा आयोगलगायत तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य विद्यालय समयमा नगर्न निर्देशन दिएको हो ।

केन्द्रले निर्देशन नमानेमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम ९१० को प्रावधानविपरीत भई विभागीय सजाय आकर्षित हुने भन्दै चेतावनी समेत दिएको छ ।

पत्रमा स्थानीय तहमार्फत सबै शिक्षकहरूलाई निर्देशन दिन र इकाइमार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउन केन्द्रले अनुरोध गरेको छ ।