प्रतिनिधिसभा बैठकमा आज एमसीसी टेबल नहुने, शीर्ष नेताको बैठक बोलाउने सहमति

प्रतिनिधिसभा बैठकमा आज एमसीसी टेबल नहुने, शीर्ष नेताको बैठक बोलाउने सहमति

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि एमसीसी टेबल नगर्ने सहमति भएको हो ।

संसदीय बैठक सकेलगत्तै प्रचण्ड बालुवाटार पुगेर देउवालाई संसदमा आज एमसीसी टेबल गर्न नसकिने पार्टीको अडान रहेको जानकारी गराएका थिए ।

उनले दलहरुबीच राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने बैठकको निष्कर्ष देउवालाई सुनाएका थिए ।उनीहरुबीच बिहीबार सत्ता गठबन्धनको बैठक तीन बजे बसेर एमसीसीमा सहमति जुटाउने प्रयास गरिने सहमति भएको छ।

संसदीय दलको बैठक पश्चात माओवादी केन्द्रले संसदमा एमसीसी प्रक्रिया जबरजस्ती अगाडि बढाउन खोजे गठबन्धन तोडिने चेतावनी दिएको छ।