भारतीय संगीतकार बप्पी लाहिरीको निधन

भारतीय संगीतकार बप्पी लाहिरीको निधन

भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ । आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए ।उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो ।

तत्काल उनलाई अस्पताल पु¥याइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन् ।