कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

धनगढी । कैलालीमा आज बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त शंकास्पद वस्तु बम नभएको पनि प्रहरीले जनाएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो ।

एमसीसीको विरोध गर्दै नेकपा माओवादी विप्लब लगायतका ६ दलको आह्वानमा आज नेपाल बन्दको घोषणा गरिएको छ । लामो दुरीका सवारी साधन सुदूरपश्चिममा ठप्प छन् ।