संसद् बैठक सुरु, एमालेको नाराबाजी

संसद् बैठक सुरु, एमालेको नाराबाजी

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदले अवरोध गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘संसदीय सर्वोच्चता कायम गर’लगायत नारा लगाएका छन् ।

पार्टीले कारबाही गरेका १४ सांसद्बारे सभामुख सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले ती सांसदलाई कारबाही गरेको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न सभामुखलाई भन्दै आएको छ ।