प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीचसभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् । त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।