सेती प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

२४ घण्टामा थप एकजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ५ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–१ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।