बन्दको अवज्ञा गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी

बन्दको अवज्ञा गरेको भन्दै घोडाघोडी नगरपालिकामा तालाबन्दी

धनगढी । नेपाल बन्दकर्ताहरुले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेका छन् । नेपाल बन्दको दिन पनि कार्यालय खोलेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

नगरपालिकामा ताला लगाइएपछि जनप्रतिनिधि र कर्मचारी भित्रै थुनिएका छन् । बन्दकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा ताला लगाएका हुन् ।

एमसीसीको विरोधमा आज ६ वटा दलले नेपाल बन्दको आह्वान गरेका छन् । लामो दुरीका सवारी साधन ठप्प छन् । भने बजार पनि आंशिक रुपमा बन्द अवस्थामा छन् ।