शेयर बजार झन्डै २० अङ्कले घट्यो, ३ अर्ब रुपैयाँको कारोबार

शेयर बजार झन्डै २० अङ्कले घट्यो, ३ अर्ब रुपैयाँको कारोबार

हिजो मङ्गलवार ५३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधवार भने झन्डै २० अङ्कले घटेको छ । नेप्से आज १९ दशमलव ८४ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेर राताम्मे भएको छ । दुई सय ३१ कम्पनीका ५६ लाख ६२ हजार कित्ता शेयर तीन अर्ब दुई करोड ६३ लाख रुपैयाँमा कारोबार भयाे ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज बुद्धभूमि हाइड्रोको शेयर साढे पाँच प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि गुराँस लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ ।