पोइली घरमा शौचालय नभेटेपछि नयाँ बेहुली माइत टाप !

पोइली घरमा शौचालय नभेटेपछि नयाँ बेहुली माइत टाप !

सरसफाई र स्वच्छताका लागि शौचालय अनिवार्य मानिन्छ । तर कतिपय ठाउँमा अझै पनि खुला शौच हुने गरेको छ ।

भारतको उत्तर प्रदेशस्थित अलिगढमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ नयाँ बेहुली घर छाडेर माइत टाप कसेकी छन् ।

अलिगढको जट्टारीमा बुवा गज्जो र छोरा कमल कवाडको काम गरेर परिवार पाल्ने गर्छन् । केही महिनाअघि गज्जोकी पत्नीको निधन भएपछि छोरा कमलको विवाह गर्ने कुरा चल्यो ।

प्रयोगराज जिल्लाको तकीपुरबाट कमलले बिहे गरेर बेहुली खुशीलाई घरमा भित्र्याए । तर बेहुली बिहेको भोलिपल्टै माइत फर्किइन् । बिहेकै भोलिपल्ट घर छाडेर माइत जानुको कारण थियो शौचालय नहुनु । 

बेहुली खुशीले शौचालय बनाएर मात्रै आफूलाई बोलाउन आउनु भन्ने बताएर गएकी छन् । खुशीले आफूले माइतमा कहिल्यै पनि खुलै शौच नगरेको बताएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।