बन्दकर्ताद्धारा धनगढीमा सामाजिक विकास मन्त्रालयको गाडी नियन्त्रणमा

बन्दकर्ताद्धारा धनगढीमा सामाजिक विकास मन्त्रालयको गाडी नियन्त्रणमा

धनगढी । नेपाल बन्दको अवज्ञा गरेको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको गाडी नियन्त्रणमा लिइएको छ । बुधबार दिउँसो नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले धनगढीको चौराहामा मन्त्रालयको गाडी नियन्त्रणमा लिएका हुन् ।

बन्दको अवज्ञा गरेर गाडी चलाएको हुँदा नियन्त्रणमा लिइएको विप्लव समूहका कार्यकर्ताले बताएका छन् । धनगढीमा पनि बन्दको आंशिक प्रभाव परेको थियो  ।छोटो दुरीका गाडीहरु चलेपनि लामो दुरीका गाडी भने चल्न सकेका थिएनन् ।

एमसीसीको विरोधमा विप्लवल नेतृत्वको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका दिनभर यहाँको जनजीवन दिनभर प्रभावित बनेको थियो । आज साँझ पाँच बजे बन्द खुलेको छ । भने मन्त्रालयको गाडी बन्द खुलेसँगै छोडिएको छ ।