आजबाट स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

आजबाट स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको हो।

वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उहालेले बताउनुभयो।

सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो । स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपीठ भएको थियो ।  तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको छ ।