धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग ठोक्किँदा गोदावरी नगरपालिका–५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराई मृत्यु भएको हो ।

अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोकिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।