भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु

भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु

भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र किशोरी रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विवाह समारोहमा विधिका लागि इनारको रिङमा राखिएको जालीमा पूजा गर्न बसेका उनीहरु जाली भाँचिदा इनारमा खसेका हुन् । इनारमाथि राखिएको जालीले भार थेग्न नसक्दा भाँचिएको स्थानीय अधिकारीलाई उदृत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनामा अरु केही घाइते भएका छन् ।