प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे अमेरिकी राजदूत बेरी

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा परिरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि एमसीसीको दाता मुलुक अमेरिकी राजदूत बेरी देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए । बुधबार दिनभर एमसीसीलाई लिएर देशव्यापी प्रदर्शन भएको थियो ।

यो अवस्थामा एमसीसी पास गराउने सम्भावित विकल्प र रणनीतिबारे बेरीले प्रधानमन्त्री देउवासँग छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दलभित्रै एमसीसीलाई लिएर सहमति जुट्न नसकेपछि संकटमा परेका देउवाले सम्भावित विकल्पबारे राजदूत बेरीसँग छलफल गरेको बताइएको छ ।

देउवाले बुधबार संसदमा एमसीसी संसदमा लैजाने कोशिस गरे पनि असफल भएका थिए ।