फागुन १३ गते देखि सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने

फागुन १३ गते देखि  सुदूरपश्चिम प्रादेशिक महोत्सव आयोजना हुने

धनगढी । कोरोना संक्रमणका कारण स्थगित भएको अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १३ गते देखि आयोजना हुने भएको छ ।

फागुन १३ गतेदेखि २५ गतेसम्म महोत्सव आयोजना हुने अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ । संघको कार्य समिति बैठकले २५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

अत्तरियाको लामिताल परिसरमा आयोजना हुने छ । यसअघि पुस महिनामा गर्ने भनिएको महोत्सव कोरोनाका कारण उद्घाटनको पूर्वसन्ध्यामा स्थगित भएको थियो ।